देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभ्रेमा नेपाल-खनाल पक्षको समानान्तर कमिटी

देशान्तर

काभ्रे . नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षले काभ्रेमा समानान्तर कमिटी गठन गरेको छ । बनेपामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट टोकबहादुर वाइवाको अध्यक्षतामा २११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।

साथै पालिकास्तरको समानान्तर कमिटीका साथै युवा, विद्यार्थी, किसानलगायतका संगठनको पनि जिल्ला कमिटीको घोषणा गरिएको खनाल-नेपाल समूहले जनाएको छ । भेलामा वरिष्ठ नेता माधव नेपाल, नेत्री अष्टलक्ष्मी शाक्यसहित कृष्ण प्रसाद सापकोटा, विदुर सापकोटालगायतको उपस्थिति थियो ।