देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा ८४३ संक्रमित थपिए, पाँच जनाको मृत्यु

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ८४३ कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ जनाको पिसिआर परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७६८ पिसिआर र ७५ जनाको एन्टीजेन परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको छ । जसमध्ये ५ हजार ५ सय ४५ जना आइसोलेसनमा छन् ।

गत २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ७५ पुगेको छ । यस्तै २४ घण्टामा २ सय २६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ३९५ जना काठमाडौं उपत्यकामा भेटिएका छन् ।