काठमाडौँ – नेकपा एमालेका नेता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेकपा माओवादी केन्द्रलाई सर्वदलीय बैठकको खबर गरे पनि नआएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीयपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले यस्तो बताएका हुन् ।
‘माओवादीलाई खबर भएन ?’ ज्ञवालीले उल्टै प्रश्न गरे ‘ओलीको फोन आयो भनेर हिजै भनेको हो ।’ उनीहरू बैठक किन आएनन् भन्ने कुरा उनीहरूले नै थाहा पाउनुपर्ने प्रतिक्रिया दिए । ‘उहाँहरूले थाहा पाउनुपर्छ उहाँहरू नभए पनि देश चल्छ’ ज्ञवालीले भने ।
बैठकमा कांग्रेसका शीर्ष नेताहरू सहभागी छन् भने नेकपा माओवादी केन्द्र सहभागी भएन । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हिजो नै एक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेको बताए पनि आजको सर्वदलीय बैठकमा उनी गएनन् ।
प्रतिक्रिया