देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा ९ सय कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

देशान्तर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जना कोरोना संक्रमित थपिएका छन्। ६ हजार १ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ९ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ८ सय३६ पिसिआर र ६४ जना एन्टीजेन परीक्षणमा गरी ९ सय जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ। जसमध्ये ५ हजार ८ जना आइसोलेसनमा छन्। यसअघि बिहीबार ५ सय ३४, बुधबार ६ सय ३ जना कोरोना संक्रमित भेटिएका थिए।

नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख ३५ हजार ८४ पुगेको छ। गत २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ७० पुगेको छ। हाल ७७ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा २ सय ८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ३ सय ४८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ सय ८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।