देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्ने काम भैरहेको छ : दाहाल

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई बन्धकी राखेको आरोप लगाएका छन् । बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै दाहालले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस गरेको बताए ।

देश र जनताको प्रतिष्ठा माथि प्रश्न गरे जनतालाई स्वीकार्य नहुने बताए । त्यस्तै, उहाँले ओलीलाई लक्षित गर्दै तानाशाही एकचोटि परास्त भए पनि पूरै परास्त अझै नभएको बताए । अझै षड्यन्त चलिरहेको दाहालले उल्लेख गरे ।