देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालगञ्ज उपमहानगरका विद्यालय एक साताका लागि बन्द

देशान्तर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । नगर प्रमुख डा। धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

पछिल्लो एक सातामा ३ सय ६६ जना संक्रमित थपिएपछि नेपालगञ्जमा विद्यालय बन्द गर्न अभिभावकले दबाब दिएपछि महानगरले यस्तो निर्णय लिएको हो । यसैबीच बैठकले भारतबाट आउनेहरुको सीमामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ । मास्क अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने व्यवसायीको पसललाई कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।