देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

देशान्तर

काठमाडौं – गण्डकी प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गरेको छ। अविश्वासको प्रस्ताव रोक्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। बुधबार राति १२ बजे प्रदेश सरकारको सिफारिसअनुसार गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई जानकारी गराएका छन्।

गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको थियो। त्यसका लागि बिहीबार नै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति पनि भएको थियो। तर, अविश्वास प्रस्ताव रोक्न प्रदेश प्रमुख शेरचनले मध्यरातमै प्रदेशसभा अन्त्य गरेका छन्। चालु अधिवेशनको अर्को बैठक वैशाख ६ गते बोलाइएको थियो।