देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले असारबाट देशभर भर्ना अभियान सञ्चालन गर्ने

देशान्तर

काठमाडौं – सरकारले आगामी असारबाट देशभर भर्ना अभियान सञ्चालन गर्ने भएको छ। कोरोनाका कारण २०७७ सालको शैक्षिकसत्र जेठ मसान्तसम्म लम्ब्याइएकाले असारबाट भर्ना अभियान सञ्चालन गर्ने शिक्षा विज्ञान, तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

उनले कोभिड-१९ले शैक्षिक क्षेत्रमा असर पुर्‍याएको बताउँदै भने,‘वैशाखबाट भर्ना अभियान सञ्चालन हुँदैन,शैक्षिकसत्र जेठ मसान्त सम्म लम्ब्याइएकाले सरकारले असारबाट भर्ना अभियान सञ्चालन गर्नेछ।’ सरकारले २०७५ वैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ सञ्चा‍लन गर्ने घोषणा गरेसँगै हरेक वर्षको वैशाख २ गते देशभर भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो।

०७४ सालको रारा महोत्सवका बेला वैशाख २ गते प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नीले मुगुको विकट गाउँका दुई बालिकाको अभिभावकत्व ग्रहण पनि गरेका थिए।