देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्यायो: प्रकाशमान सिंह

देशान्तर

काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन्  । असंवैधानिक कदम चालेको प्रधानमन्त्री, अदालतले संसद पुनरस्थापना गरेपछि पनि संसदिय प्रक्रिया लाई कमजोर पार्ने संसदिय व्यवस्था नै गलत रहेको गलत हो भनेर जनतामा स्थापित गराउन संस्दको उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बढेको समेत बताएका छन् ।

प्रधानमन्त्री लाई संसदमा उभिएर आफ्नो प्रयास सकारात्मक थियो  संसद बिगठन जायज हो भनेर स्पस्टिकरण दिने चुनैति समेत दिएका छन् । विभिन्न बहाना बाजि गरेर संसद छल्न संसदको आवस्यकता नै छैन भन्दै  हिडेको प्रति पनि कडा आपति ब्यकत गर्दै संसदमा उपस्थित हुन प्रधानमन्त्री लाई चुनौति समेत दिएका छन् ।

नेपाल दलित संघको आयोजनामा आज काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको विकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको बताएका छन्  । उनले भने, “सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभए को विकास भयो भनेर जनताको मत र विश्वास माथी खेलवाड गरि रहेको छ ।”

साथै नेता सिंहले कम्युनिस्टहरुको मुखमा रामराम बगलीमा छुरा हुने गरेको पनि बताएका छन् । मुखले धेरै नै काम गरेको भन्ने तर बास्तबिकतामा त्यो नभएको उनले बताएका छन् । देशलाइ संकट पर्दा नेपाली काङ्ग्रेसले सधै देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अबस्थाबाट मुलुकलाई निकास दिलाउन पनि काङ्ग्रेसकै आफ्नो नेतृत्वको सरकार निरमाण मा प्रयास गरेको भन्दै यो कांग्रेसको रहर नभै मुलुकलाई निकास दिन बाध्यात्म परिस्थिति आएको बताउनु भएकाे छ।

“सरकार पुर्णतः असफल भैसक्यो,भष्ट्राचारमा लिप्त छ । यस्तो  सरकारबाट देश र जनताको हितमा काम होला भनेर आश गरे कुनै ठाउँ छैन ।” उनले भने । साथै सन्त नेता किसुनजिको सपना र योजनामा मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास शुरुआत भएको कुरा दुनियाँ लाई थाहा छ भन्दै यो सरकारले किसुनजिलाई सम्मान गर्ने त कता हो कता ,ओलीले आफैले मेलम्ची काठमाडौं ल्याए भनेर फुर्ती लगाउने गरेको देख्दा अचम्म लागेको बताएका छन् ।

अब नया सरकार गठन गरेर मुलुकलाई अहिलेको अबस्थाबाट निकास दिई निस्पकक्ष चुनाब गराउने उनको भनाइ छ । साथै कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय एउटा हुन्छ जिम्मेवार नेताहरु पार्टी निर्णय भन्दा फरक आफुखुसि मनपरी कुरा गर्दै हिड्नु अचम्मको अवस्था रहेको भन्दै यसले जन्ताको  नजरमा पार्टीप्रति नकारात्मक प्रभाव परेको समेत बताएका छन् ।

पार्टीको तोकिएको समयमा महाधिवेशन गराउन सबै लाग्नु पर्ने अवस्थामा अहिले पनि महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहानाबाजि नियुक्ति पत्र बितर्णले विधि पद्धतिको उपहास भएको भन्दै ईतिहासको  कुरा गरेर मात्रै पाटि बलियो नहुने भन्दै वास्तविक धरातलमा उभियर राजनीति गर्न समेत नेता कार्यकर्ता लाई आग्रह गरेका छन्  ।