देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज

देशान्तर

काठमाण्डौ – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ ।

नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराएका हुन् ।

गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र कैलाली ३ का गौरीशङ्कर चौधरीलाई पार्टीबाट निलम्बन गरिएकाले सांसदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

तत्कालीन नेकपालाई सर्वोच्च अदालतले खारेज गरेर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादीका चार सांसद एमालेमा प्रवेश गरेका थिए ।