काठमाडौँ – केही दिन हल्का सुधार भएको वायु प्रदूषण फेरि अत्यधिक बनेको छ। काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचिमा पहिलो नम्बरमा छ।
आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई ( एअर क्वालिटी इन्डेस्क ) ३०७ रहेको छ। विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।
५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ। डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ।
यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ ।
प्रतिक्रिया