देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वार्थ पूरा भएपछि ओलीले प्रचण्डलाई किक हानेर फाल्दिए :नेपाल

देशान्तर

काठमाडौं । नेकपा एमालेबाट निलम्वित नेता माधवकुमार नेपालले आफ्नो स्वार्थ पूरा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लात्ताले हानेर फालेको आरोप लगाएका छन् ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी गठन भेलालाई सम्बोधन गर्दै नेपालले आफूलाई प्रचण्डको मामुली कार्यकर्ता भनेकोमा ओलीप्रति आक्रोश व्यक्त गरे । हिजो प्रधानमन्त्रीको कुर्सीमा पुग्न ओलीले प्रचण्डको चाकरी गरेको आरोप नेपालले लगाए ।

२०७३ सालमा पनि प्रचण्डलाई धोखा दिएर प्रधानमन्त्री बन्न नदिएपछि एमाले सरकारबाटै बाहिर जानुपरेको नेपालले बताए । केपी ओलीले पार्टीलाई थाहै नदिई संसद भंग गरेको आरोप समेत लगाए ।

गत आम निर्वाचनमा ओलीले आफूलाई काठमाडौंबाट चुनाव हराउन खोजेको र वामदेवलाई पराजित गरेको समेत नेपालको आरोप छ ।