काठमाडौ । नवनिर्वाचित सांसद जानकीदेवी रामले आज पद तथा गोपनियताको शपथग्रहण गरेकी छन्।
प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित ) मा रिक्त पदमा उनी निर्वाचित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले शपथग्रहण गराएका हुन्।
उनले संसद सचिवालयमा आज अपरान्ह सपथ लिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित ) तर्फबाट निर्वाचित सांसद सानु सिवा पहाडीको निधन भएपछि रिक्त स्थानमा जानकी देवी रामलाई निर्वाचित गरिएको हो।
नेकपा–एमालेकी ताप्लेजुङ निवासी सांसद सिवाको असोज २८ गते निधन भएको थियो ।
प्रतिक्रिया