काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका छन्।
आज कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक घटनाक्रम फेरिएको बताएका हुन्।
‘हिजो र आजसम्मको काठमाडौँको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ’, प्रचण्डले भने।
उनले कांग्रेसको निर्णयले नयाँ सरकार गठनको बाटो खोलेको र अब छिट्टै नयाँ सरकार बन्ने विश्वास समेत व्यक्त गरे।
प्रतिक्रिया