काठमाण्डौ – नेकपा एमालेको खनाल-नेपाल समूहले ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ आज घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेलगत्तै यो समूहले आज ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्न लागेको हो ।
यस्तै एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’ लाई कार्यकर्ता माझ लैजाने भएको छ । हिजो बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको हो ।
राजनीतिक प्रतिवेदनले आजको छलफलपछि अन्तिम रुप पाउने र त्यसपछि देशभर लैजाने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिएका छन् । यो समूहले समानान्तर कमिटी विस्तारको कामलाई पनि अघि बढाएको छ ।
प्रतिक्रिया