देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीमा भेटियो दोस्रो फलाम खानी

देशान्तर


बैतडी – बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१,     सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी  भेटिएको  वडाध्यक्ष  गगनसिंह धामीले बताए ।

फलामखानी भएको स्थान पाटन नगरपालिकाको  खोड्पेबाट  एक  घण्टाको दूरीमा   रहेको छ ।जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा  खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो  सम्भावना  देखिएको  सुभम  मिनिरल्स प्राइभेट   कम्पनीका श्याम अधिकारीले बताए ।

अधिकारीले भने, “८० प्रतिशतसम्म  फलाम भेटिएको  छ । विस्तृत अध्ययन   भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ  छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।