देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख सापकोटासँग प्रचण्ड नेपालको भेटवार्ता

देशान्तर

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल – नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्नि सापकोटासँग भेट गरेका छन्।

सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमै पुगेर दाहाल(नेपालले सापकोटासँग भेट गरेका हुन्।

आज अपराह्न चार बजे संसद बैठक बस्दै छ । त्यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरतमा दाहाल(नेपाल समूह रहेका बेला दुवै अध्यक्ष सभामुखसँग भेट गरेर फर्केका हुन् ।

सभामुखसँगको छलफलमा के कुराकानी भयो भन्ने विवरण प्राप्त भइसकेको छैन । शनिवार राति बालुवाटारमा भएको ओली खेमाको बैठकले सभामुखले प्रचण्डलाई दलको नेताका हैसियतमा बोल्न दिए प्रतिकार गर्ने रणनीति तय गरेको छ ।