काठमाडौं – सरकारसँग वार्ताको लागि नेत्रविक्रम चन् ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्य रहेको वार्ता टोली बनाएको छ । वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने रहेको स्रोतले बताएको छ ।
यद्यपि वार्ता टोलीको आधिकारिक नाम भने सार्वजनिक गरेको छैन । सरकारले आजै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली बनाएको हो ।
टोलीमा रहेका सदस्यहरू र वार्ताप्रतिको धारणाबारे केहीबेरमा विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी भइरहेको चन्द नेतृत्वको नेकपा उच्च स्रोतले बताएको छ ।
प्रतिक्रिया