काठमाण्डौ – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेको छ । सरकारले गठन गरेको वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयोजक रहेका छन् ।
त्यस्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहेका छन् । यसअघि गएको आइतवार झापामा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका थिए।
प्रतिक्रिया