चितवन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले कांग्रेसले सरकारमा जाने विषयमा नसोचेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दाहाल-नेपाल र ओली समूह अलग्गिएको भनिए पनि आधिकारिक रूपमा नछुट्टिएकोले अहिले सरकारमा जाने-नजाने विषयको अर्थ नभएको बताए ।
अहिलेसम्म कम्युनिस्ट एउटै छ भएको र उनीहरुकै बहुमत रहेको भन्दै उनले निर्वाचन आयोगले दलको टुंगो नलगाई सरकारमा जाने प्रक्रिया अघि नबढ्ने बताए । उनले कांग्रेस अहिले महाधिवेशनमा केन्द्रित रहेको बताए ।
प्रतिक्रिया