काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०७७-०७८ का लागि विनियोजित बजेटमा १ खर्ब ३० अर्ब रुपैया घटाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड हुने अनुमान गरेको छ । सरकारले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो ।
६ महिनाको बजेट खर्चको अनुमानका आधारमा आधारमा बजेट संशोधन गरिएको हो । पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्च बढाउँदै पूर्वाधार विकासमा जोड दिने बताए । मन्त्री पौडेलले नयाँ राष्ट्रिय अभिभाराका रुपमा मुलुक निर्वाचनमा होमिएको र निर्वाचनका लागि ७ अर्ब रुपैया छुट्याइएको जानकारी दिए ।
प्रतिक्रिया