काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तीब्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । आयोगले निर्वाचनको तयारीका लागि गरिरहेको कामको जानकारी लिन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।
निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले अहिलेसम्म गरेको कामको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया