देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्धको खोप एक हप्ताभित्रै लगाउन शुरु गरिने

देशान्तर

नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक हप्ताभित्रै लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले खोप दिनका लागि तयारी शुरु गरेको हो ।

पहिलो चरणमा खोप अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका गरी चार समूहलाई दिइने छ । सुरक्षाकर्मीलाई भने अघिल्लो चरणमा मात्रै खोप दिइने भएको छ ।

खोपका लागि सरकारले करिब १० हजार स्वास्थ्यकर्मीलाई खोप लगाउने सम्बन्धी तालिम दिन थालेको छ । खोप केन्द्रमा मात्रै नभएर ७७ जिल्लामा खोप लगाउने तयारी छ ।

भारतले अनुदान दिएको १० लाख डोज खोप दुई पटक लगाउदा नेपालको करिव ४ लाख ७५ हजार जनालाई पुग्नेछ । कोभिसिल्ड खोप ३ हप्ताको अन्तरमा दुई वटा लगाउनुपर्छ । यसपछि सरकारले आफै खोप खरिद गर्नेछ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको हो ।

खोप टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएको छ । त्यसपछि विभागबाट आवश्यक्ता अनुसार प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने छ ।