देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कप खेल्ने आर्मीको टिम घोषणा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेटको लागि त्रिभुवन आर्मी क्लबले टिमको घोषणा गरेको छ । आर्मीले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो । आर्मीको कप्तानी विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले गर्ने छन् । यस्तै टिममा रोहित कुमार पौडेल, राजु रिजाल, राजेश पुलामी, जितेन्द्र मुखिया, अनिल मण्डल, भिम सार्की, सुशन भारी, साहब आलम, राजेश पुलामी, विक्रम सोब, हरि चौहान, आकाश चन्द, हरिकृष्ण झा र लोकेश बम रहेका छन् ।

प्रधानमन्त्री कप क्रिकेट भोलिबाट टियु क्रिकेट मैदान सुरु हुँदैछ । उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।