देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विवेकशील र साझा पार्टीबीच बुधबार एकता हुने

देशान्तर

काठमाडौँ – विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकता हुने भएको छ । बुधबार भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा दुई पार्टीबीच एकीकरण हुने लागेको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

दुई पार्टीबीचको एकता घोषणाको पूर्वसन्ध्यामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरुबाट विगतमा कमजोरी भएको भन्दै माफी मागेका छन् । त्यस्तै उनले आफूहरु अस्तित्वुमा रहन मात्र नभएर नेतृत्वुमा पुगेर यो देशमा सुशासन, सम्वृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी भएको पनि बताएका छन् ।

पहिले दुई पार्टीका रुपमा रहेका विवेकशील र साझा एकीकरणमार्फत बीचमा एउटै दल भए पनि बीचमा फुटेका थिए । विवेकशील नेपाली दलकी केन्द्रीय उपाध्यक्षसहित १३ नेता भने साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएका छन् ।