काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन बर्नलीसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा एभर्टन र बर्नलीसँगको खेल १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा बर्नलीले खेलको तेस्रो मिनेटमा रोबेर्ट ब्राडीगोलमा शुरुवाती अग्रता लिएको थियो ।
त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा एभर्टनका लागि डोमिनिक कलभर्ट लेविनले बराबरी गोल फर्काएका थिए । यो बराबरीपछि एभर्टन ११ खेलपछि १७ अंकसहित लिगको सातौ स्थानमा रहेको छ । त्यस्तै बर्नलीको १० खेलमा ६ अंक रहेको छ भने लिगमा १९औ स्थानमा रहेको छ ।
प्रतिक्रिया