काठमाडौं – बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि हाल ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्विकृती पाएको छ ।
नेपालले आज शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्ने भएको छ । यो मैत्रीपुर्ण खेलका लागि नेपालबाट २५ खेलाडी ११ अफिसियल ढाका पुगेका छन । ढाका पुगेको तीन दिनमा नै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो ।
प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि दुई दिनको आइसोलेसन समय विताएको थियो । सो बेलापनि टिमले आफु बसेको होटेलको छतमा सामान्य फिटनेस सेसन गरेको थियो ।
प्रतिक्रिया