देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौ । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा शहीदनगर नगरपालिका १ का ७० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएकोे स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि उनी असोज २० गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा बुधबार दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो । मुटुका रोगी समेत रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।