देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा देशभर २४ सय ४० जना नया कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परिक्षणमा २४४० जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्।