देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विराटनगरमा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु

देशान्तर

काठमाडौ । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोभिड उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोसी अस्पताल रेफर गरेको थियो । सिग्देलका अनुसार उनी मधुमेहका बिरामी थिए ।