देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिडफिल्डर पाउल पोग्वा कोरोना संक्रमित

देशान्तर

काठमाडौँ । म्यानचेस्टर युनाइटेडबाट खेल्ने फ्रेन्च मिडफिल्डर पाउल पोग्वा कोरोना संक्रमित भएका छन् ।

कोरोना टेस्ट गर्दा पोजेटिभ आएपछि पोग्वालाई फ्रेन्च राष्ट्रिय टिमबाट बाहिर राखिएको छ । २७ बर्षिय पोग्वालाई यसअघि क्रोसिया र स्विडेनविरुद्ध हुने युइएफए नेशनल लिगका लागि टिममा राखिएको थियो ।

फ्रान्सका प्रशिक्षक डीडीयर डेसच्याम्प्सले पोग्वा टिममा भएपनि हिजो गरिएको टेस्टमा पोजेटिभ आएकाले उनी टिम बाहिर भएको जानकारी दिएका हुन् । पोग्वाको ठाउमा १७ बर्षिय एडुआर्ड़ो कामाभिंगालाई टिममा समावेश गरिएको छ ।

फ्रान्सले नेशनल लिगमा सेप्टेम्बर ६ मा स्विडेनसँग र सेप्टेम्बर ९ मा क्रोसियासँग खेल्दै छ ।