देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिक कमिटीको कार्यालयका २ जनामा कोरोना सङ्क्रमण

देशान्तर

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थित मुख्य कार्यालयका दुईजनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पीसीआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्‍क्‍वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण गरिएको हो ।

सो क्रममा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको हो । कमिटीले आठ जनाको पीसीआर परीक्षण गरेको थियो । कोरोना देखिएपछि कमिटीको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको श्रेष्ठले जानकारी दिए । कर्मचारीमा कोरोना देखिएपछि कमिटीका सबै पदाधिकारीको समेत कोरोना परीक्षण गर्न लागिएको बताइएको छ । परीक्षण गरिएका दुईजनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै दुई कर्मचारीको पुनः परीक्षण गर्नुपर्ने देखिएको कमिटीले जनाएको छ । उनीहरु दुवै कमिटीको कार्यालयमा कार्यरत चौकीदार हुन् । सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकूद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि आफ्नो कार्यालय बन्द गरेको छ । एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएपछि एन्फाले कार्यालय बन्द गरेको प्रवक्ता किरण राईले बताए ।