इटालियन सिरी ए को उपाधि युभेन्टसले जितेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई दुई एकले हराउँदै युभेन्टसले दुई खेल अगाडी नै लिगको उपाधि जित्न सफल भयो ।
टुरिनमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक गोल गरे । युभेन्टसको यो लगातार नवौं सिरी ए को उपाधि हो । खेलको पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले मिरालेम पजानिकको पासमा रोनाल्डोले गोल गर्न सफल भए । जारी सिजनमा सिरी ए मा उनको यो ३१ औं गोल थियो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले ६७ औं मिनेटमा दोस्रो गोल गर्यो । यसपटक उसका लागि फेर्डिकोले गोल गरे । खेलको अन्तिममा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि साम्पडोरीया खेलमा फर्कन सकेन र पराजित भयो ।
सिरी ए मा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ । उसले यसअघि आफैले बनाएको कीर्तिमानलाई लम्ब्याएको छ । युरोपियन लिगहरुमा युभेन्टस लगातार नौ सिजनसम्म उपाधि जित्ने तीन क्लवमा एउटा बनेको छ । उसँगै स्कटल्याण्डमा सेल्टिक, बुल्गेरीयामा लुडोगोरेड्स रहेका छन ।
प्रतिक्रिया