देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भदौबाट नेपाली टिमले अभ्यास गर्न पाउने

देशान्तर

कोरोना भाईरसको महामारीले लामो समयदेखि रोकिएको नेपाली खेलकुद क्षेत्रले भदौं १ देखि गति लिने भएको छ ।

सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै भदौंबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु हुने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले हिजो पत्रकार सम्मेलनमा बोल्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताए।

तर, पौडी पोखरी, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भने अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ ।

सरकारको निर्णयसँगै विश्वकप छनोट खेलिरहेको राष्ट्रिय फुटबल टिमले भदौं १ बाट प्रशिक्षण गर्न पाउने भएको छ ।

छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग आफ्नै मैदानमा खेल्न बाँकी छ ।

एसियन फुटबल फेडेरसन (एएफसी) ले छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।