स्पेनीस ला लिगाको उपाधि रियाल मड्रिडले जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई दुई एकले हराउँदै रियालले इतिहासमा ३४ औं पटक लिगको उपाधि जितेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियालले खेलको २९ औं मिनेटमा नै खेलमा अग्रता बनायो । उसका लागि लुका मोड्रिचको पासमा करिम बेन्जिमाले गोल गरे । जारी सिजनमा बेन्जिमाको यो २० औं गोल हो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियालले ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले पहिलो पटकको प्रयासलाई मान्यता दिइएन । किनकी उनले आफुले नहानेर बेन्जिमालाई पास दिन खोजेका थिए । तर फेरी रामोसको सट्टा बेन्जिमाले प्रहार गरेपछि सहज गोल भयो ।
एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो । त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियाल विजयी भयो ।
यता सोहि समयमा भएको खेलमा बार्सिलोना घरेलु मैदानमा ओसासुनासँग दुई एकले हारेपछि रियालले उपाधि पक्का गर्यो । बार्सिलोनाको हारमा पाहुना टिमका लागि जोसे अर्नाइजले पहिलो गोल गरेका थिए ।
६२ औं मिनेटमा मेस्सीले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरेपनि ७५ औं मिनेटमा ओसासुना १० खेलाडीमा झरेको थियो । तरपनि उसले इन्जुरी समयमा रोबेर्टो टोरेसको गोलमा दुई एकको जित सुनिश्चित गर्यो । योसँग रियालले एक खेल बाँकी हुँदै लिगको उपाधि पक्का गरेको हो ।
प्रतिक्रिया