देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशमा २0 जना कोरोना संक्रमित थपिए, १६ जना डिस्चार्ज भए

देशान्तर

काठमाडौ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस ( कोभिड १९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ४, ६, ७, ९, १०, १२ का चारजना महिलासहित ११ जना र बराहताल गाउँपालिका र लेकबेसी नगरपालिकाका एकरएकजना पुरुष रहेका छन् ।

दैलेखको नौमुले गाउँपालिका वडानम्बर १ र ६ का तीनजना पुरुष र दुल्लु नगरपालिका वडानम्बर ४ र १२ का दुईजना पुरुष रहेका छन् । दुईजना युवक भने मुगुको खत्याड गाउँपालिका ७ का हुन् । यससँग कर्णालीमा कोरोना संक्रमितको संख्या १५५० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१ पुगेको छ । २५३ जना आइसोलेनमा छन् भने ६ जनाको मृत्यु भएको छ ।