देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख अधिकारी अख्तियारको नियन्त्रणमा

देशान्तर

काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोलले नियन्त्रणमा लिएको छ। अख्तियारले अधिकारीलाई भ्रष्टाचारको मुद्दामा संलग्न रहेको देखेपछि सोमबार नियन्त्रणमा लिएको स्रोतले बताएको छ।

अधिकारी डिल्लीबजारका कार्यालय प्रमुख रहेको बेला जेठ २ गते मालपोत अधिकृत सहित ६ जनालाई अख्तियारले आठ लाख ५० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

तर अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले भने अनुसन्धानका क्रममा रहेको कुरा बाहिर ल्याउन नमिल्ने बताएका छन्। मालपोत कार्यालयका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस मागेका थिए। सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कंडेल, नायब सुब्बा उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई अख्तियारले टोखा नगरपालिका (९ सामाखुशी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट रकम सहित नियन्त्रणमा लिएको थियो। यस विषयमा अख्तियारले थप अनुसन्धान थालेको छ।