देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

देशान्तर

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियाल सोसीडाडलाई पराजित गर्दै रियाल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि बार्सिलोना तालिकाको शीर्ष स्थानमा थियो । वार्सिलोना अघिल्लो दिन बराबरीमा रोकिँदै अंक बाँडेपछि रियल मड्रिडलाई शीर्ष स्थानमा उक्लन सहज भएको हो ।

लिग अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले सोसीडाडलाई २–१ ले हराएको हो । जिनेदिन जिदानको टोली रियाल मड्रिडलाई विजयी गराउन सर्जियो रामोस र करिम बेन्जमाले एक एक गोल गरे ।

सोसिडाडका लागि मेरिनोले एक गोल फर्काए । गएरातीको खेलमा गोल गरेसँगै फ्रेन्च स्ट्राइकर बेन्जमा स्पेनिस ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् ।

उनले अहिलेसम्म क्लबका लिगमा १ सय ६५ गोल गरेका छन् । जितसँगै रियाल मड्रिड ला लिगामा ३० खेलबाट ६५ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

समान खेलबाट समान ३० अंक जोडेको बार्सिलोना हेड टु हेडको आधारमा दोस्रो स्थानमा झरेको छ । लिगका अब ८ चरणका खेल हुन बाँकी छ ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा सेल्टा भिगोले एआाभेजलाई ६–० ले तथा भ्यालेन्सियाले ओसासुनालाई २–० ले हराएका छन् ।