देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फाको आपतकालिन बैठक आज

देशान्तर

अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन समितिको बैठक आज बस्दैछ ।

सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे पछि शुरु हुने बैठकमा विभिन्न चार वटा एजेण्डा तय गरिएको एन्फा स्रोतले जनाएको छ ।

बैठकले मानार्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघका सम्बन्धमा, कोरोना राहत र विविध अन्तर्गत रहेका एजेण्डाका बिषयमा छलफल गर्नेछ ।

कोरोना राहत अन्तर्गत एन्फाले आफ्ना जिल्ला फुटबल संघ, क्लब र सदस्य संघलाई यसअघिनै ७५ हजारको दरले राहत बाँड्ने निर्णय गरिसकेको छ ।