जर्मन बुन्डेस लिगा फुटबलमा हर्थ बर्लिन विजयी भएको छ । गएराति भएको खेलमा र्हर्थले युनियन बर्लिनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा सम्भव भएका थिए ।
खेलको ५१ औं मिनेटमा बेद ईबिसविकले मार्भिन प्लेटेनहार्टको क्रसलाई गोलमा परिणत गर्दै घरेलु टोली हर्थलाई सुरुआती अग्रता दिलाएका थिए ।
५२ औं मिनेटमा डोडी लुकेबाकियोले अग्रता २–० ले अघि बढाएका थिए । दोस्रो हाफमा बर्लिनमाथि हावी भएको हर्थका लागि ६१ औं मिनेटमा म्याथुज सान्तोषले गोल गर्दै ३–० को एकपक्षिय अग्रता दिलाएका थिए । यस्तै ७७ औं मिनेटमा डेगरकि बायटाले गोल थपेपछि हर्थ ४–० ले विजयी हुन पुग्यो । जीतसँगै हर्थले पहिलो लेगमा व्यहोरेको हारको बदला पनि लिएको छ ।
जितसंगै हर्थ ३४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनियन बर्लिन ३० अंक सहित १२ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया