देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीपी मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा गौतम नियुक्त

देशान्तर

काठमाडौं । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतम नियुक्त भएका छन् । काठमाडौंमा बिहीबार बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले गौतमलाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा गौतमलाई कार्यकारी निर्देशकमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिइन् ।

सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । बोर्ड सदस्य अधिकारीका अनुसार उनले बिहीबारै शपथग्रहण गरेका छन् ।