देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीलाई नेपाली जनसम्पर्क समिति बेलायतको ज्ञापनपत्र

देशान्तर

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी युके)ले लण्डनस्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

मन्त्रीपरिषदको सिफारिसमा प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थपूर्तिका लागि संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिज्यूबाट वैशाख ८ गते जारी अध्यादेशहरूका सन्दर्भमा नेपाली कांग्रेसको पदाधिकारीहरूको वैठकले आपत्ति प्रकट गर्दै यसको प्रतिवाद गर्न सवै राजनीतिक दल, संघसंस्था, नागरिक समाज, आम संचार माध्यम र समस्त नेपालीहरूमा अपील गरिसकेको छ । यसै सन्दर्भमा समितिले पनि ज्ञापन पत्र बुझाएको सभापती युवराज गुरुङले बताए।

ज्ञापन पत्रको पूर्ण पाठ :

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू

मार्फतस् नेपाली दुतावास, बेलायत ।

तपाईंले नेतृत्व गर्नुभएको नेपाल सरकारको मन्त्रीपरिषदले राजनैतिक बिभाजनलाई सहज तुल्याउन र संवैधानिक परिषदलाई नियन्त्रणमा राख्नेगरी गरेको विवादास्पद निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

विद्यमान राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद र संवैधानिक संकट निम्त्याउने कार्य उचित होइन । संवैधानिक परिषदको बैठक सम्बन्धमा प्रतिपक्षी दललाई निषेध गर्ने गरी जारी गरिएको अध्यादेश संविधानको मर्म बिपरीत र गैर–प्रजातान्त्रिक चरित्रको भएको नेपाली जनसम्पर्क समिति बेलायतको ठहर छ ।

संविधानको संरक्षक मानिएको राष्ट्रपतिज्यूबाट पनि उक्त जारी अध्यादेशहरुउपर पुग्दो विचार–विमर्श नगरी सोझै अनुमोदन हुनु पनि दुःखद छ । जनतालाई घरभित्र थुनेर सरकार आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्नु निकृष्ट कार्य भएको हाम्रो बुझाई छ ।

अतः नेपाली जनसम्पर्क समिति बेलायत यस अलोकतान्त्रिक एवं संविधानको मर्म बिपरीत अध्यादेशहरु तत्काल खारेजीको माग राख्दै अन्य सबै खेलहरुबाट माथि उठेर कोभिड–१९ बाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन नेपाल सरकारलाई अपील गर्दछ ।

संविधान र लोकतन्त्रको रक्षाका लागि हामी जस्तो सुकै मूल्य चुकाउन पछि पर्ने छैनौं ।

जय नेपाल ।

श्री युवराज गुरुङ
सभापति – नेपाली जनसम्पर्क समिति बेलायत