काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसबाट नेपालमै बसिरहेका व्यक्ति पनि संक्रमित भएका छन् । यसअघि संक्रमित ६ जना विदेशबाट आएका मात्रै थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि मार्च १९ मा दुबईबाट भारतको नयाँ दिल्ली हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकका भाउजु नाताकी महिलामा कोरोना संक्रमण देखिएको हो । नेपालमै रहेकालाई संक्रमण भएकाले यसलाई ‘कम्युनिटी ट्रान्स्फर’का रूपमा स्वास्थ्य मन्त्रालयले व्याख्या गरेको छ । सातौँ संक्रमित महिला धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन् ।
उनमा दुबईबाट आएका युवकबाट संक्रमण सरेको पुष्टि मन्त्रालयले गरेको हो । पहिलो पटक नेपालमै बसेका अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्थानीयस्तरमै कोरोना संक्रमण देखिएपछि सरकारले थप सजगता अपनाउने भएको छ । इटालीमा स्थानीयस्तरमै फैलिएको संक्रमणलाई हेलचेक्राइँ गर्दा महामारीको रुप लिएको थियो ।
प्रतिक्रिया