देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेलपे र एनसीसी बैंकबीच सम्झौता

देशान्तर

काठमाडौं । एनसीसी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्।

बैकका ग्रहाकहरुले सेलपेमा आफ्नो खाता आबद्ध गर्ने वितिकै एक सय रुपैयाँको मोबाइल रिचार्ज ‘टप अप’ पाउने, र बिलहरुको भुत्तानी गर्दा आकर्षक लोयाल्टी पोइन्ट पनि पाउने छन्।

उक्त एपले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्नुका साथै भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्नअन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली भित्र रही विकास गरिएको कम्पनीले जनाएको छ।

ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनसीसी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

सेलपे मार्फत व्यापारिक भुक्तानी, मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिल लगायत बिल भुक्तानी गर्न सकिने छ।