काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारको आरोप लागेका कृष्णबहादुर महराले सांसद पदबाट पनि राजीनामा दिनु पर्ने माग गरेको छ ।
सभामुख जस्तो गरिमामय पदमा रहेको व्यक्तिमाथि बलात्कार जस्तो गम्भीर आरोप लाग्नु दुःखद रहेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गरिमामय पदमा रहेको व्यक्तिमाथि बलात्कार जस्तो गम्भीर आरोप लागेपछि सभामुखसँगै सांसद पदबाट पनि राजीनामा दिनु पर्ने कांग्रेसले बताएको छ । आरोपित घटनाका सम्बन्धमा निष्पक्ष अनुसन्धानका लागि महराले सघाउनु पर्ने कांग्रेसको भनाई छ ।
प्रतिक्रिया