देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसले आज बस्ने संसद बैठक पनि चल्न नदिने

देशान्तर

काठमाडौँ– नेपाली काँग्रेसले आज बस्ने संसद बैठक चल्न नदिने भएको छ ।

जागरण अभियानका क्रममा नेपालगञ्जमा गत साता भएको आक्रमण र त्यसमा संलग्नहरुलाई कारवाही गर्न सरकारले वेवास्ता गरेको भन्दै काँग्रेसले सोमबारको बैठक पनि अवरोध गरेको थियो ।

घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफ दिएपनि काँग्रेसले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

आजको बैठक चल्ने नचल्ने सरकारमा निर्भर पर्छ । हामी चित्तवुझ्दो जवाफ आओस् भन्ने पक्षमा छौ’ नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भूषालले भनिन्  हामीले हाम्रो निर्णय परिवर्तन गरेका छैनौँ । सरकारले भने एकपटक जवाफ दिइसकेकाले अब पुनः सोही घटनालाई लिएर फेरि अर्को जवाफ दिन जरुरी नभएको बताएको छ ।

यसैबीच संसद बैठक अघि काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठकमा सरकारको प्रतिपक्षलाई पेलेरै जान खोज्ने प्रवृतिविरुद्ध  कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने काँग्रेसले जनाएको छ