संविधान दिवस मनाउने विषयमा प्रदेश २ सरकारका मन्त्रीहरु विभाजित भएका छन् । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको संविधान दिवस मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन अनुसार असोज २, ३ र ४ गतेका लागि दीपावली गर्नेदेखि सरसफाइका कार्यक्रम तय गरेको छ । तर प्रदेश २ मा गठबन्धन सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले दिवापली वा कालो दिवस दुबै कार्यक्रम नगर्ने औपचारिक निर्णय गरेको छ । प्रदेश २ को अर्को सत्तारुढ घटक राष्ट्रिय जनता पार्टी (राजपा) ले भने संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ । राजपाको नेतृत्व गर्दै प्रदेश सरकारमा गएका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भने ३ असोजमा उत्सव मनाउनुपर्ने कुनै कारण नभएको टिप्पणी गर्नुभयो । त्यसदिन आफू विरोधस्वरुप आयोजना गरिने कार्यक्रममा सहभागी हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया