देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असोज २ गतेका दिन बिरामीबाट टिकटको पैसा नलिन सरकारको निर्देशन

देशान्तर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज २ गतेका दिन बिरामीबाट टिकटको पैसा नलिन मातहतका निकायललाई निर्देशन दिएको छ । असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी अनुसार सोही अवसरमा स्वास्थ्य संस्थामा ओपीडी सेवाको टिकट निशुल्क गर्न मन्त्रालयले आज सूचना निकालेर निर्देशन दिएको हो । ‘सङ्घीय अस्पतालहरू तथा स्वास्थ्य संस्थाहरूबाट २०७६ असोज २ गते बहिरग सेवा निस्शुल्क गरी सेवा प्रदान गर्नुहुन अनुरोध छ,’ मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।