काठमाण्डौ । नेपाली कांग्रेसको देशव्यापी जागरण अभियानको आज चौथो दिन पनि जारी छ । काँग्रेसले विपि जयन्तीको अवसरमा २४ गतेदेखि सूरु गरेको देशव्यापी जागरण अभियान चौथो दिन आज पनि विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।
७७ जिल्लामा जारी अभियानमा सामाजिक विसंगति विरूद्ध जागरण, वडा स्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समिक्षालगायतका कार्यक्रमहरु भैरहेको पार्टी प्रवक्त विश्व प्रकाश शर्माले जानकारी दिए ।
अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा क्षेत्रमा कार्यक्रमहरु जारी राखेको छ । अभियानको अन्तिम दिन असोज ७ गते ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गरिने प्रवक्ता शर्माले बताए ।
समापनमा कांग्रेसले बढ्दो महँगी, वाइडबडी भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण कुशासनका विरुद्ध प्रदर्शन गरिने बताइएको छ । दोस्रो चरणको अभियान १५ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया