काठमाण्डौं । नेपाली कांग्रेसले २४ गते मगरबार देखि सूरु गरेको देशव्यापी जागरण अभियानको आज तेस्रो दिन पनि जारी छ । ७७ जिल्लामा जारी अभियानमा सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समिक्षालगायतका कार्यक्रमहरु भैरहेको पार्टी प्रवक्त विश्व प्रकाश शर्माले जानकारी दिए । अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा क्षेत्रमा कार्यक्रमहरु जारी राखेको छ ।
प्रवक्ता शर्माले समापनमा कांग्रेसले बढ्दो महँगी, वाइडबडी भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण कुशासनका विरुद्ध प्रदर्शन गरिने जानकारी दिए । प्रदेश निर्वाचन क्षेत्रकेन्द्रित जागरण अभियान प्रभावकारी बनाउन ३ सय ३० क्षेत्रमै केन्द्रीय प्रतिनिधि खटिएका छन् ।
दोस्रो चरणको अभियान १५ दिनसम्म चल्नेछ । अभियानको अन्तिम दिन असोज ७ गते ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गरिने छ ।
प्रतिक्रिया